© २०२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म रास्वपा सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको बताएका छन् । मंगलबार पदाधिकारी बैठकपछि पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौ । सकेसम्म इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ ।’
उनले गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’