© 2026
काठमान्डौँ ।
नेपालमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौंस्थित त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
ग्यासको समस्या समाधानमा बालेन शाह नेतृत्वको सरकार उदासीन बनेको आरोप लगाउँदै नेविसंघले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले ‘बालेन सरकार, ग्यास समस्या समाधानमा किन यति ढिलो ?’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । देशभर उपभोक्ताहरू ग्यासका लागि घण्टौँसम्म लाइनमा बस्न बाध्य भइरहँदा पनि सम्बन्धित निकायले समस्या समाधानका लागि ठोस कदम नचालेको विद्यार्थीहरूको गुनासो छ ।
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव तत्काल रोक्न विद्यार्थीहरूले माग गरेका छन् । समस्या समाधानका लागि यथाशीघ्र पहल नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत नेविसंघका नेताहरूले दिएका छन् ।