Butwal Today

प्रधानमन्त्री शाहलाई संसदमा प्रश्नोत्तरमा सहभागी हुन सभामुखको रुलिङ

१ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। सभामुख अर्यालले सोमबार प्रतिनिधिसभाको बैठकमा नियमावलीअनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तरमा सहभागी हुन निर्देशन दिएका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ देखि ६० सम्म प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। नियमअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन माग गर्दै यसअघि पनि प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न दबाब दिँदै आएका थिए।

सभामुख अर्यालले भने, “नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ।”त्यसपछि उनले नियमावलीका सम्बन्धित व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन दिएका हुन्। यससँगै प्रधानमन्त्री शाहले अब प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाउने प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?