© २०२३
रुपन्देही उद्योग संघले गत पुस ७ गते देखि १९ गते सम्म औधोगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव सम्पन्न ग¥यो । बुटवल उद्योग बाणिज्य संघले आगामी फागुन २ गते देखि ६ गते सम्म कृषि मेलाको १२ औं श्रृंखला आयोजना गर्दैछ । यसरी बुटवलमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको कार्यक्रमले महोत्सवको रुप लिएको छ । अब बुटवलमा औद्योगिक प्रदर्शनी तथा औद्योगिक व्यापार मेला कहिलेदेखी आयोजना गर्न थालियो भन्ने इतिहास खोजविन गर्ने बेला पनि भएको छ । श्रृंखलाबद्ध र व्यवस्थित ढंगले यसको आयोजना गर्न थालिएको अढाई दशक नाघेको छ । २०५३ सालदेखि श्रृंखलाबद्ध र व्यवस्थित ढंगले आयोजना गर्न थालिएको हो । यस अघि २०४१ सालमा बुटवल उद्योग बाणिज्य संघले तत्कालिन राजा विरेन्द्रको बुटवल भ्रमणको क्रममा राजालाई देखाउन बुटवलमा बुटवल उद्योग बाणिज्य संघ आबद्ध उद्योगीहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । यो नै बुटवलको पहिलो औद्योगिक प्रदर्शनी मान्न सकिन्छ । यो प्रदर्शनीमा कतिवटा स्टल सहभागी थिए भन्ने तथ्याङ्क संघसँग छैन । राजाले अभिरुचीपूर्वक प्रदर्शनी अवलोकन गर्दै गरेको एउटा फोटो संघको अभिलेखमा छ । प्रदर्शनीका एक सहभागी संघका तत्कालिन कार्यसमिति सदस्य जीवन वझाले बताए अनुसार बढीमा २५ वटा स्टल सहभागी भएका थिए । प्लाष्टिक, कफी, विस्कुट, अदुवा, काठ, टेक्सटाइल आदि प्रकृतिका उद्योग सहभागी भएका थिए । तत्कालिन लुम्बिनी अञ्चलाधिश कार्यालयको परिसरमा प्रदर्शनी आयोजना गरिएको थियो । त्यसबेला बुटवल उद्योग बाणिज्य संघको अध्यक्ष सूर्यप्रसाद प्रधान हुनुहुन्थ्यो, सचिव महेश राजभण्डारी हुनुहुन्थ्यो । त्यसपछि २०४५ सालमा रुपन्देही उद्योग संघले पहिलोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना ग¥यो । जसमा ५७ वटा औद्योगिक प्रतिष्ठान र ४० हजार दर्शक सहभागी भई २० लाख रुपैयाँको कारोवार भएको तथ्याङ्क छ । बुटवलमा सुव्यवस्थित तरिकाले राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिएको यो नै पहिलो कदम हो । बुटवल औद्योगिक प्रदर्शनी तथा औद्योगिक व्यापार मेला पहिलो पटक कसले आयोजना ग¥यो भन्ने विषयमा बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग संघवीच मतभेद छ । बुटवल उद्योग बाणिज्य संघ २०१० सालमा स्थापित बुटवलको सबै भन्दा पुरानो व्यवसायीक संस्था हो । स्वाभाविक रुपले यसका गतिविधि अग्रणी हुने नै भए । रुपन्देही उद्योग संघ २०३५ सालमा रुपन्देहीका उद्योगीहरु संगठीत भएर उद्योग क्षेत्रको हकहित र अधिकार रक्षाको लागि आवाज उठाउने उद्देश्यले स्थापना भएको संस्था हो । उद्योग क्षेत्रका लागि केही नयाँ काम गरौ भन्ने हुटहुटी रुपन्देही उद्योग संघमा पहिलेदेखि अहिलेसम्म कायम रहेको छ ।
रुपन्देही उद्योग संघले २०४५ सालमा पहिलोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेपछि ७ वर्षसम्म अर्को प्रदर्शनी भएन । यसको कारण संघलाई प्रदर्शनी कार्यक्रमबाट राम्रो आम्दानी नभएकाले हुन सक्ने अनुमान गर्न सकिन्छ । बुटवल उद्योग बाणिज्य संघ पनि डेढ दशकसम्म चुप लाग्यो । फेरी रुपन्देही उद्योग संघले २०५३ सालमा दोस्रोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना ग¥यो । जसमा १ सय १४ वटा औद्योगिक प्रतिष्ठान र एकलाख दर्शक सहभागी भई ३ करोड रुपैयाँको कारोवार भयो । २०५४ सालको तेस्रो औद्योगिक प्रदर्शनीमा १ सय २० वटा औद्यागिक प्रतिष्ठान र डेढलाख दर्शक सहभागी भई ५ करोड रुपैयाँको कारोवार भयो । २०७९ सालको १५ र्औं श्रृंखलामा ५ सय औद्योगिक प्रतिष्ठान र ७ लाख बढी दर्शक सहभागी भई २५ करोड रुपैयाँ बराबरको कारोवार भयो । उता बुटवल उद्योग बाणिज्य संघको २०४१ सालको पहिलो प्रदर्शनीमा कुल २५ वटा औद्योगिक प्रतिष्ठान सहभागी भएका थिए भने २०७६ को श्रृंखलामा ४ सय ९८ औद्योगिक प्रतिष्ठान सहभागी भई १५ करोड रुपैयाँको कारोवार भएको तथ्याङ्क संघसँग छ । बुटवलमा यसरी ४० को दशकदेखि शुरु भई ५० को दशकबाट श्रृंखलाबद्ध र सुव्यवस्थित ढंगले संचालन हुँदै आईरहेको औद्योगीक प्रदर्शनी तथा व्यापार मेला कार्यक्रमले महोत्सवको रुप लिएको छ । यो बुटवल मेलाको रुपमा स्थापित भएको छ । हरेक वर्ष पुसमा यस्तो मेला आयोजना भएन भने रुपन्देही र वरपर जिल्लाका बासिन्दाहरुले खिन्न अनुभूति गर्छन । बुटवल मेला पर्वको रुपमा स्पापित भएको छ ।
यो मेलाको इतिहास र वर्तमान बिश्लेषण गर्दा प्रारम्भमा बुटवल उद्योग बाणिज्य संघले तत्कालिन राजा विरेन्द्रलाई औद्योगिक उत्पादन नजर गरायो र राजाबाट उद्योगीहरुले थप रचनात्मक र सिर्जनात्मक ढंगले काम गर्न हौसला प्राप्त गरे । यो राजालाई देखाएको प्रदर्शनी थियो । रुपन्देही उद्योग संघले २०५३ सालको दोस्रो श्रृंखलालाई राष्ट्रिय औद्योगिक प्रदर्शनी भन्यो । त्यसलाई केही वर्ष पछि परिस्कृत गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि महोत्सव भन्यो । यसमा कृषिजन्य औद्योगिक प्रतिष्ठानहरुलाई खोजी खोजी सहभागी गराइयो । कृषि उद्यमीहरु प्रोत्साहित र उत्साहित भए । त्यसको केही वर्ष पछि फेरी थप परिष्कृत गर्दै राष्ट्रिय औद्योगि प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव भनियो । २०७९ को श्रृंखलामा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव भनियो । यसरी प्रदर्शनीको कार्यक्रमलाई समयानुकूल परिमार्जन र परिस्कृत गर्दै अगाडी बढाईएको छ । बुटवल उद्योग बाणिज्य संघले पनि औद्योगिक व्यापार मेला कृषि एवं पर्यटन महोत्सवको व्यानरमा यो कार्यक्रम संचालन गर्दै आएको छ । रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ रुपन्देहीले समेत यहि व्यानरमा यो कार्यक्रम आयोजना गर्दै आएका छन् । बुटवल उद्योग बाणिज्य संघले औद्योगिक व्यापार मेलाको अतिरिक्त अलग्गै कृषि मेला पनि आयोजना गर्दै आइरहेको छ, एक दशक भन्दा अघिदेखि । कृषि मेलालाई बुटवल उद्योग बाणिज्य संघले बिशिष्टीकृत मेलाको रुपमा विकास गर्दै अघि बढीरहेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको कालिकापथमा सडक खाना महोत्सवको कार्यक्रम संचालन गर्दै आईरहेको छ गत केही वर्ष अघिदेखि ।
यी प्रदर्शनी तथा मेला महोत्सवको कार्यक्रमले रुपन्देही एवं आसपासका जिल्लामा व्यापक औद्योगिक जागरण ल्याएको छ । कृषि कार्यक्रमले यस क्षेत्रमा कृषि सम्बन्धी उद्योग र व्यापार वृद्धि भएको छ । कृषि पेशा कम महत्वको र उपेक्षित बन्दै गईरहेको अवस्थामा यस कार्यक्रमले कृषिलाई फेरी सम्मानित पेशाको रुपमा प्रतिष्ठित तुल्याएको छ । एक समयमा उत्तम खेती, मध्यम व्यापार र निच नोकरी भन्ने मान्यता बदलिएर उत्तम नोकरी, मध्यम व्यापार र निच खेती बनेको अवस्था थियो । कर्मचारीहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न थालेपछि नोकरी उत्तम मानिएको हो । यो मान्यता हराउन जरुरी छ । कृषि सम्बन्धी प्रदर्शनीको कार्यक्रमले पशुपालन फर्महरु व्यापक रुपमा बढे । बैदेशीक रोजगारीबाट फर्केका र स्वदेशमै आयआर्जन गरेका युवाहरु पशुपालनतर्फ आकर्षित भए । दुग्ध उद्योग व्यवसाय फस्टायो । पर्यटनतर्फ होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई होटलवाला भनी हेय दृष्टिले हेर्ने दृष्टिकोण बदलियो । पर्यटन व्यवसायी भनेर सम्मानित दृष्टिले हेर्न थालियो । यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टहरुको संख्या व्यापक रुपमा वृद्धि भयो । यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भयो । पहिले शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने आन्तरिक पर्यटक कम थिए । अहिले लुम्बिनीमा प्रशस्त संख्यामा आन्तरिक पर्यटक घुम्न आउँछन् । बुद्धको जीवनीसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी स्थित स्थलहरुमा पर्यटक बढे । पर्यटकीय स्थलहरुको प्रबद्र्धन बढ्यो । पर्यटकीय स्थलहरुको अध्ययन अनुसन्धान र प्रबद्र्धनका गतिविधि बढे । बुटवलमा मानिसको घनत्व बढ्यो । यस कारण यो औद्योगिक प्रदर्शनी तथा कृषि एवं पर्यटन महोत्सवको कार्यक्रम अत्यन्त उपलब्धीपूर्ण र औचित्यपूर्ण छ । अब यो कार्यक्रमको मुल्याङ्कन गरी थप परिष्कृत र परिमार्जन गर्ने बेला भएको छ । विगतमा प्रदर्शनी तथा मेला कार्यक्रम संचालन गर्ने स्थलको लागि व्यवसायीले निकै संघर्ष गर्नुप¥यो । कहिले टिम्बर कर्पोरेशन नेपाल (टिसिएन) कम्पाउण्ड, कहिले कान्ति माविको चौर र कहिले सडक डिभिजन परिसर त कहिले रामनगर वन क्षेत्रमा मेला कार्यक्रम आयोजना गरियो । निकै संघर्षपूर्ण र खर्चिलो छ मेलाको यात्रा । धेरै वर्षको अनवरत संघर्षपछि बुटवलको रामनगरमा स्थायी प्रदर्शनीस्थल निर्माण भएको छ । यो वर्ष स्थायी प्रदर्शनी स्थलमा कार्यक्रम आयोजना गरियो । यो खुशी र गौरवको विषय हो । अव स्थायी प्रदर्शनी स्थलको समस्या पनि हल भएको छ ।
अब बुटवलमा हरेक महिनाजसो यस्ता मेला कार्यक्रम आयोजना गरिनुपर्छ । कृषिमेला, पर्यटन महोत्सव, जुत्ता मेला, गार्मेन्ट उत्पादन मेला, शैक्षिक मेला, प्रविधी मेला जस्ता विषयगत मेलाहरु आयोजना हुनुपर्छ । अब मेला हेर्न वर्ष दिन कुर्नु नपर्ने वातावरण बनाउनु पर्छ । अब नयाँ सोँच र सिर्जना हुनुपर्छ, मेला महोत्सवको क्षेत्रमा । यस्तो विषयगत मेलाहरुको राम्रो सम्भावना र भविष्य छ रुपन्देहीमा । जनघनत्व पनि रुपन्देहीमा निकै बढ्दो छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीमा बढ्दो पर्यटकीय विकास र गतिविधिले यस्ता मेला महोत्सवलाई सघाउ पु¥याउनेछन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ रुपन्देहीले अब वर्षेनी पालैपालो प्रदर्शनी आयोजना गर्नेतर्फ प्रतिष्पर्धा गर्नु भन्दा अब मासिक रुपमा विषयगत मेला आयोजना गर्ने तर्फ केन्द्रित हुने बेला भएको छ । नेपालमा पहिलोपटक औद्योगिक प्रदर्शनी तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग संघ हुन । बुटवलबाट शुरु भएको यो कार्यक्रमले देशव्यापी रुप लिएको हो । त्यसकारण अब नयाँ ढंगले नयाँ दृष्टिकोणका साथ यस्ता कार्यक्रम आयोजना गरी बुटवलले नै नयाँ सन्देश पुनः दिनुपर्छ । यस्ता मेला महोत्सवका कार्यक्रम औचित्यपूर्ण र लक्ष्यमा सफल छन् ।