Butwal Today

लुम्बिनीमा सरकार गठनका लागि एमाले-नेकपा र मसालबिच २ बुँदे सहमति

२७ श्रावण २०८३, बुधबार
अ+
अ-
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।
मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने पनि सहमति भएको छ । लुम्बिनी प्रदेशमा नेकपा मसालका एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?