Butwal Today

खोजीपुरको चिसापानीमा बेवारिसे अवस्थामा ६ नाल बन्दुक बरामद

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

जितपुर । 

वाणगंगा नगरपालिका–९ खोजीपुर क्षेत्रको चिसापानीमा बेवारिसे अवस्थामा ६ नाल बन्दुक फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले चिसापानी क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएका बन्दुकहरू बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार ६ नाल बन्दुक बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले बरामद गरेका बन्दुकको प्रकृति तथा अवस्थाबारे थप परीक्षण गरिने जनाएको छ । घटनासँग सम्बन्धित व्यक्ति तथा समूहको पहिचानका लागि समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चिसापानी क्षेत्रमा बेवारिसे अवस्थामा एकै पटक ६ नाल बन्दुक फेला परेपछि स्थानीय वासीमा समेत चासो बढेको छ । प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?