Butwal Today

सिरहाको गोलबजार–लहानमा सुरक्षा कडा, कर्फ्यु जारी

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

सिरहा ।

सिरहाको गोलबजारमा बिहीबार भएको गोलीकाण्डपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएका छन् भने बजारका सहायक सडकहरूमा आवागमन नियन्त्रण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी राखेको जनाएको छ । प्रशासनका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कर्फ्युलाई निरन्तरता दिइएको हो ।

बिहीबार आन्दोलनका क्रममा गोलबजारको क्याम्पस चोकमा प्रहरीले चलाएको गोली लागेर औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । घटनामा धनुषाका सुबोध ठाकुरसहित दुई जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?