© 2026
काठमाडौँ ।
देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार दिउँसो संयुक्त बैठक बोलाइएको छ ।
सुनसरीका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्दै पीडित पक्षलाई न्याय सुनिश्चित गर्ने विषयमा छलफल, समन्वय तथा साझा निष्कर्षमा पुग्ने उद्देश्यले दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा सुनसरी जिल्लाका सङ्घ तथा प्रदेशसभा सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् । साथै, देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह र इनरुवा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा तथा देवानगञ्ज गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू पनि सहभागी हुने जनाइएको छ ।
गत साउन १० गते देवानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।