© 2026
काठमान्डौँ ।
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित ऐनविरुद्ध रिट दायर गरेका हुन् ।
रिटमा संशोधित व्यवस्थाअनुसार टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था हटाइएको उल्लेख गर्दै यसबाट सञ्चारमाध्यमहरू आर्थिक संकटमा पर्न सक्ने उल्लेख गरिएको छ ।
उक्त रिटमा कानुनी व्यवस्थाको संवैधानिक वैधतामाथि प्रश्न उठाइएको भन्दै सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा सुनुवाइ हुने जनाएको छ ।