Butwal Today

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ ।

पहिरोका कारण दुवैतर्फको सवारी आवागमन ठप्प बनेको भए पनि हाल उक्त सडकमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ ।

सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन घटनास्थलमा तीन वटा मेसिन (स्काभेटर र डोजर) प्रयोग गरी तीव्र गतिमा पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोका कारण मुख्य राजमार्गमा ठूलो संख्यामा सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालय भरतपुरले सडक खुलाउने प्रयास जारी रहेकाले रोकिएका यात्रु तथा चालकलाई धैर्य गर्न र प्राविधिक टोलीलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?