Butwal Today

खहरे खोलानजिक पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोला नजिक सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

डिभिजन सडक कार्यालय, भरतपुरका अनुसार पहिरो ठूलो भएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउन सम्बन्धित स्थानमा डोजरसहितका मेसिन परिचालन गरिएको छ ।

पहिरो हटाउने कार्य जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने तथा नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनहरू रोकिएका छन् ।

सडक डिभिजन कार्यालयले पहिरोका कारण रोकिएका यात्रुहरूलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ ।

आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको हो । पहिरो हटाएर सवारी आवागमन पुनः सञ्चालन गर्न करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?