Butwal Today

२४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहे पनि विभिन्न २४ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती, पश्चिम राप्ती तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ ।

महाशाखाले आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर हुँदै बग्ने साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ ।

त्यसैगरी बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव एक्कासि बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?