Butwal Today

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

११ श्रावण २०८३, सोमबार
अ+
अ-

विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गए राति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।

बैठक जारी रहेको र घटनाका  सम्बन्धमा अनुसन्धान जारी रहेकाले  सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए । गए राति गाउँमा दुई समूहबिचको विवादले उग्र रूप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए ।

घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?