Butwal Today

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु 

१० श्रावण २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
तौलिहवा भैरहवा सडक अन्तर्गत शुद्धोधन-६ बिमिहा चोक नजिकै गत राति करिब १२ बजे बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार तौलिहवादेखि भैरहवा तर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका यशोधरा गाउँपालिका-२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?