Butwal Today

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

९ श्रावण २०८३, शनिबार
अ+
अ-

गण्डकी ।

पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?