© 2026
काठमान्डौँ ।
सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल पुनः कायममुकायम ९कामु० प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छन् ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा प्रस्थान गरेसँगै प्रधानले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । शुक्रबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा ३६ वटा पेसी तोकिएको छ ।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि पनि प्रधानले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन् ।
पछि गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि प्रधान २० दिनको बिदामा बसेकी थिइन् । शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी पुनः नियमित जिम्मेवारीमा फर्किएकी हुन् ।