Butwal Today

केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्, सरकार सुन्न तयार छ

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । साथै, उनले डा. केसीलाई आफ्ना सुझाव प्रधानमन्त्री र शिक्षामन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न पनि अनुरोध गरेकी छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद कार्कीले डा। केसी अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद र आश्चर्यजनक भएको उल्लेख गरेकी छन् ।

‘विगतका सरकारमा तपाईंले पटक–पटक शोषक र शासक देख्नुभएको होला । अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो । जनताको कुरा सुन्छ, तपाईंजस्ता निस्वार्थ विज्ञका सुझाव पनि सुन्छ,’ उनले लेखेकी छन् ।

उनले डा। केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दै चिकित्सा शिक्षालाई स्वच्छ, प्रभावकारी र जनमुखी बनाउन उठाइएका जायज माग पूरा गर्न सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन् ।

‘भयो सर, अनसन छोडिदिनुस् । चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईंका जायज मागहरूमा हामी तपाईंसँग सहकार्य गर्दै अघि बढ्नेछौँ,’ कार्कीले उल्लेख गरेकी छन् ।

डा। गोविन्द केसी बिहीबारदेखि धनगढीमा अनसनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?