Butwal Today

लुम्बिनी अपडेट : २४ घण्टामा १३ सवारी दुर्घटना, २ जनाको मृत्यु

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । साथै, एक चौपायाको पनि मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ३७१ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट चार लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सोही अवधिमा ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट दुई हजार ६१९ जना लाभान्वित भएका छन् । कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले ट्राफिक नियमको पालना गर्न, सुरक्षित यात्रा अपनाउन तथा दुर्घटना न्यूनीकरणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?