© 2026
जनकपुरधाम । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक हजार १८७ वटा गुनासो मेलमिलाप विधिबाट फर्छ्यौट भएको छ ।
कूल दर्ता भएका पाँच हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले सहमति नभएका ९३ मुद्दा अदालतमा पञ्जीकरण गरिएको जानकारी दिए ।
छानबिनपछि सहमतिमा रु ३० करोड ८२ लाख ३७ हजार ९२ र २७ बिघा आठ कट्ठा १८ धुर जग्गा फिर्ता भएको छ । थोरै रकम दिएको तर, धेरै रकमको कपाली तमसुक गरिएकाले दोब्बर तेब्बरसम्म चेक धितो राख्ने प्रवृत्ति रहेको छानबिनका क्रममा भेटिएको बताइन्छ ।
जनशक्तिको कमीले पहिले दर्ता भएका गुनासो टुङ्गो नलागेकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमा कारबाही प्रक्रिया अघि नबढेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।