Butwal Today

बाल सदस्यता विवादमा रास्वपाको स्पष्टीकरण

४ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई औपचारिक स्पष्टीकरण दिएको छ।

मानव अधिकार आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै सार्वजनिक भएको विवरणबारे सत्यतथ्य जानकारी मागेको थियो। आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलका अनुसार रास्वपाले सो पत्रको जवाफ पठाइसकेको छ।

रास्वपाले आयोगलाई दिएको स्पष्टीकरणमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदनको तथ्यांक मात्र भएको जनाएको छ। उक्त विवरण भूलवश प्रतिवेदनमा समावेश भएको र ती व्यक्तिहरूलाई पार्टी सदस्यका रूपमा कायम नगरिएको दाबी गरिएको छ।

साथै, नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने कुनै नीति वा अभ्यास रास्वपामा नरहेको पनि पार्टीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?