© 2026
काठमाडौँ । रुकुम पूर्व केन्द्रबिन्दु भएर शनिबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाई स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ, रोल्पा लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ । स्थानीयवासीले केही सेकेन्डसम्म कडा धक्का महसुस भएको बताएका छन् ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको कुनै विवरण समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।