© 2026
काठमान्डौँ ।
नेकपा (एमाले) ले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आफ्ना सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । पार्टीको संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम भइरहेको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेललगायतका नेताहरूले पार्टीको नीति, संसदीय रणनीति तथा सांसदहरूको भूमिकाबारे धारणा राख्नेछन् ।
त्यसैगरी, संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईलगायतले संसदीय प्रक्रिया, अभ्यास र कार्यसम्पादनका विषयमा प्रशिक्षण दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहेको छ ।