© 2026
लमही । दाङको तुलसीपुरमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पूर्व प्रधानाध्यापकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ स्थित हाम्रो पहुँच विद्यालयका पूर्व प्रधानाध्यापक डिआर भण्डारी र दुर्गा भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार २८ असार अपराह्न करिब ४:३० बजे तुलसीपुर–१२ स्थित एयरपोर्ट पश्चिमतर्फको सामुदायिक वन क्षेत्रमा किशोरीमाथि मदिरा सेवन गरी डर–त्रास देखाएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
घटनापछि पीडितकी आमाले ३० असार राति इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।