Butwal Today

जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैन: नेपाल प्रहरी

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा  सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाबापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ ।

सत्य, तथ्य र आधिकारिक जानकारीबिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जनाउँदै उनले जरिवानाबापत ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रष्ट पारे ।

विज्ञप्तिमा भनिएको छ, “ट्राफिक प्रहरीले जरिवाना काटेबापत कुनै पनि अतिरिक्त शुल्क (सुविधा) प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।” प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सबै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?