© 2026
काठमाडौँ ।
प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।
बिमा क्षेत्रको नियमनमा नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र कम्पनीका तीन वर्षको कार्य सम्पादन स्थिति र कार्य सम्पादनको लागि बिमा प्राधिकरणको पहलकदमीबारे जानकारी लिएको छ ।
समितिका सचिव लक्ष्मण अर्यालले बैठकमा भएको छलफल र सांसदले उठाएका विचारको विस्तृत प्रतिवेदन तयार पारी १० दिनभित्र समितिलाई बुझाउन समितिका सभापति डा कृष्णहरि बुढाथोकीबाट निर्देशन भएको बताए ।