© 2026
काठमान्डौँ ।
सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सुकुमवासी तथा विभिन्न सरोकारवाला सहभागी भएका थिए ।
प्रदर्शनकारीहरूले सरकारले सुकुमवासीको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । साथै, आन्दोलनका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भन्दै त्यसको विरोध गर्दै पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन् ।