© 2026
काठमान्डौँ ।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको मृत्युपछि शुक्रबार माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युका लागि सरकार जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
उनीहरूले ‘बालेन, तिम्रो झिकै–झिकै माया गणेशको आत्मदाह थियो’, ‘राज्य आतंक मुर्दावाद’, ‘के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’ तथा ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
२५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।