© 2026
काठमान्डौँ ।
नेकपा एमालेले सुकुम्बासीहरूको व्यवस्थापन प्रभावकारी र व्यवस्थित ढंगले हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद एशुदा कुमारी बरालले सुकुम्बासीहरूको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रश्न गरिन्, ‘सुकुम्बासी जनता होइनन् र ? उहाँहरूले बाँच्न पाउने कि नपाउने ?’
सरकारले २५ हजार रुपैयाँ दिएर आफैँ व्यवस्थापन गर्न भन्नु व्यवहारिक समाधान नभएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘२५ हजार रुपैयाँ हातमा थमाएर सडकमा धपाउँदा मानव अधिकारको हनन हुन्छ कि हुँदैन ? उहाँहरूले स्वतन्त्र रूपमा बाँच्न पाउनुहुन्छ कि पाउनुहुन्न ?’
बरालले गरिब तथा सुकुम्बासीहरूको पीडाप्रति सरकार संवेदनशील हुनुपर्ने भन्दै भनिन्, ‘यी गरिबका आँसु निकै महँगा हुनेछन् । सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’