Butwal Today

रास्वपामा परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध

२२ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र परिवारवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्ने व्यवस्था गरेको छ ।

असार ९ देखि १२ गतेसम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट अनुमोदित चौथो संशोधित विधानले पार्टीका सबै तहमा नियुक्ति, मनोनयन तथा निर्वाचनमा परिवारवाद र नातावादलाई बन्देज लगाएको हो ।

विधानको धारा ७ (१) मा परिवारवाद र नातावादको स्पष्ट परिभाषा गरिएको छ । उक्त व्यवस्थाअनुसार, ‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको एउटै तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन ।’

विधानअनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतेनी बुवा, सौतेनी आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, नाति, नातिनी, बाजे, बज्यै, ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली तथा उनीहरूका पति वा पत्नीलाई समेत जनाउने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?