© 2026
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु ८दलाई लामा८को जन्मदिन सोमबार मनाइँदै छ। भारतको धर्मशालामा बस्दै आएका दलाई लामाको जन्मदिनका अवसरमा काठमाडौंमा ‘फ्रि–तिब्बत’ सम्बन्धी गतिविधि हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो। बैठक काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल८को अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले सोमबार जुलुस, सभा, पोस्टरसहितका प्रदर्शन तथा ‘फ्रि–तिब्बत’ आन्दोलनसँग सम्बन्धित गतिविधि हुन नदिन सुरक्षा निकायलाई कडा रूपमा परिचालन गर्ने निर्णय गरेको छ। सुरक्षा समितिका एक सदस्यका अनुसार बन्द कोठाभित्र गीत बजाउने वा भाषण गर्ने कार्यक्रमसमेत गर्न नदिने नीति अपनाइएको छ।यद्यपि, विद्यालय वा अन्य स्थानका बन्द कोठाभित्र मौन रूपमा धुप बाल्ने तथा पोस्टर वा पम्पलेट प्रयोग नगरी गरिने कार्यक्रमप्रति भने केही लचकता अपनाइने बताइएको छ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी ८८पवन भट्टराईले नेपालको सार्वजनिक नीति र परराष्ट्र नीतिविपरीत हुने कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारे। उनले सार्वजनिक नीति र राष्ट्रिय हितविपरीत हुने कार्यक्रम रोक्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताएका छन्।