Butwal Today

सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री तिमिल्सिना

२१ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले आज ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने दिशामा नलागेको स्पष्ट पारे ।

उनले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले यसको महत्वबारे सरकार पूर्ण रूपमा जानकार रहेको बताए ।

मन्त्री तिमिल्सिनाले सरकारले संवैधानिक हक–अधिकार सुनिश्चित नगरेको वा त्यसको कार्यान्वयनमा कुनै बाधा पुर्‍याएको भए त्यसको समाधानका लागि देशभित्र पर्याप्त संवैधानिक तथा कानुनी व्यवस्था रहेको उल्लेख गरे । कुनै पनि विषयमा संवाद आवश्यक परे सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको उनको भनाइ थियो ।

उनले सरकार गैरजिम्मेवार बनेमा त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?