Butwal Today

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर मृत्यु

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

अमेरिकाको सेनामा कार्यरत ताप्लेजुङका २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । उनको दुई दिनअघि मृत्यु भएको हो ।

सुनील अमेरिका निवासी समाजसेवी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन् । उनी हालै अमेरिकी सेनामा पदोन्नति भएका थिए । पदोन्नतिपछि दिइएको थप तालिमका क्रममा दुर्घटनावश चलेको गोली टाउकोमा लागेको पारिवारिक स्रोतले जनाएको छ ।

हाल घटनाबारे अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ, जसका कारण परिवारले अझै शव बुझ्न पाएको छैन । कानूनी प्रक्रिया पूरा भएपछि एकदुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?