Butwal Today

मेलम्चीको मुहानमा बाढी, पानी आपूर्ति बन्द

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको खानेपानी आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी अत्यधिक धमिलो भएपछि प्रशोधन प्रक्रिया प्रभावित भएकाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह अस्थायी रूपमा रोकिएको हो ।

प्रवक्ता चन्दले भने, “वर्षाका कारण मुहानमा पानी अत्यधिक धमिलो भएको छ । पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति सुरु गरिनेछ ।”

उनका अनुसार निरन्तर वर्षा भइरहेमा काठमाडौं उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?