© 2026
बिर्तामोड । मेचीनगर नगरपालिका–३ भावना चोकमा गए राति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरका भाँडा वर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।
पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।
मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगलागीको कारण खुलेको छैन ।