Butwal Today

रास्वपा पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।

रास्वपाको प्रथम महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यस्तै, आजै पार्टीको पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । बैठकमा मनोनित गरिने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?