Butwal Today

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा

१७ असार २०८३, बुधबार
अ+
अ-

बुटवल ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान ११ः१५ बजेसम्म पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।

सडक डिभिजनले सवारी चालकलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?