Butwal Today

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २७० कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?