Butwal Today

कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुमबासी पक्राउ

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेका छन् ।

उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङले सुकुमबासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्दै सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?