© 2026
काठमान्डौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाह एक भए जनताले कत्तिको अचम्म मान्लान् भन्ने जिज्ञासा व्यक्त गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हुन सक्ने सम्भावित सहकार्यलाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आज ओली र प्रचण्ड लामो समयको तिक्ततापछि एउटै मञ्चमा उभिँदै सहकार्यको सुरुआत गरेका थिए ।
त्यसपछि साम्पाङले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कत्तिको अचम्म मान्लान् त ?’
पछिल्लो समय संसद्मा प्रधानमन्त्री बालेन शाहको चर्को आलोचना गर्ने नेतामध्ये अध्यक्ष साम्पाङ पनि एक हुन् ।