Butwal Today

सुकुम्वासीलाई बलजफती हटाए परिणाम गम्भीर हुन सक्छ : नारायणकाजी श्रेष्ठ

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय ढंगले उचित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्वासीलाई बलजफ्ती हटाउने कार्य तत्काल रोक्न पनि सरकारसँग माग गरेका छन् । अन्यथा त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी उनले दिएका छन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्, “अहिले पुनर्वासको व्यवस्था नगरी नै सुकुम्वासीहरूलाई ती होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने सूचना, धम्की र चेतावनी दिइएको छ, जुन नितान्त गलत र गैरजिम्मेवार कार्य हो । सुकुम्वासीहरूलाई छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस् । त्यस्तो व्यवस्था नभएसम्म होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्छ” ।

उनले बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन गरी बल प्रयोगमार्फत अमानवीय ढंगले सुकुम्वासीहरूलाई हटाएको आरोप पनि लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?