© 2026
काठमान्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर वर्तमान ‘प्रतिगमन’लाई पराजित गर्नुपर्ने बताएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले समाजवाद निर्माणको बहसभन्दा पनि प्रतिगमन पराजित गर्नु मुख्य प्राथमिकता भएको बताए ।
उनले भने, ‘आजको मुख्य प्रश्न समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई पराजित गर्ने हो । प्रतिगमनलाई पराजित गर्न अहिले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकतामार्फत अघि बढ्नुपर्छ र त्यसलाई पराजित गर्नैपर्छ ।’
ओलीले वामपन्थी शक्तिको चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाए। साथै, कम्युनिस्टहरूको नीति सही रहेको दाबी पनि गरे ।
उनले भने, ‘नेकपा एमाले कुनै एकता वा एकीकरणका लागि आफ्ना नीति सही छन् कि गलत छन् भन्ने विषयमा छलफल गर्ने पक्षमा छैन । हाम्रा नीति एकदमै सही छन् ।’
ओलीले जनताको बहुदलीय जनवाद ९जबज० लाई समसामयिक र समयानुकूल रूपमा परिमार्जन गर्दै पार्टी अघि बढिरहेको पनि बताए ।