© 2026
काठमान्डौँ ।
नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशसँग माफी माग्नुपर्ने माग गरेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै देशसँग माफी माग्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ ।’
गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा अस्ति भर्खरै थाहा पाइयो ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति विपक्षी दलहरूले त्यसयता लगातार संसद्मा विरोध जनाउँदै आएका छन् ।
एमाले सांसद कँडेलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेख ९रेकर्ड० बाट समेत हटाउन माग गरेका छन् ।