© 2026
काठमान्डौँ ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले विरोध जनाएका हुन् ।
हाल सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका छन् ।