Butwal Today

बडिगाडका हुरीपीडितलाई २२ लाख बढीको सहयोग

१३ असार २०८३, शनिबार
अ+
अ-

बागलुङ ।

बडिगाड गाउँपालिकाका हुरी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गत जेठ ११ गतेको हुरीबाट पीडित भएका २१७ जनालाई लायन्स क्लबले रु २२ लाख बढीका सामान वितरण गरेको हो ।

लायन्स क्लब बडिगाडका अध्यक्ष नरिश्वर घिमिरेका अनुसार पीडित परिवारलाई लत्ताकपडासहित जनही रु १२ हजार ५०० र १५ परिवारलाई जस्तापाता वितरण गरिएको हो । हुण्डरीले २१७ घरमा आंशिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?