Butwal Today

रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु

१२ असार २०८३, शुक्रबार
अ+
अ-

चितवन ।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।

रास्वपाका सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी, एक उपसभापति पदमा डा. स्वर्णीम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन् ।

अब एक महामन्त्री, एक महिला उपसभापति, दुई सहमहामन्त्री तथा एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ ।

यसअघि आइतबारदेखि चितवनमा जारी महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?