Butwal Today

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिनलाई समर्थन

१२ असार २०८३, शुक्रबार
अ+
अ-

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

महाधिवेशनस्थल चितवनमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै दर्शनाले आफूले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन तथा मत आचार्यलाई रहने बताइन् ।

यसअघि महामन्त्रीका उम्मेदवार गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए। त्यस्तै, शिशिर खनाल र जगदीश खरेल ९ललितपुर० ले पनि आफ्नो दाबी फिर्ता लिइसकेका छन् ।

महामन्त्री पदका अर्का आकांक्षी राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

अब महामन्त्रीमा आचार्यसहित राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?