Butwal Today

रास्वपा महाधिवेशनः महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता, ५ जना चुनावी मैदानमा

१२ असार २०८३, शुक्रबार
अ+
अ-

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । उम्मेदवारी फिर्ता लिने क्रमसँगै महामन्त्री पदका प्रत्याशीको संख्या ५ मा झरेको छ ।

१ जना मात्र निर्वाचित हुने महामन्त्री पदका लागि सुरुमा १० जना नेताले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले प्रारम्भमै उम्मेदवारी फिर्ता लिएपछि ८ जना प्रत्याशी चुनावी मैदानमा थिए ।

रास्वपाको निर्वाचन आयोगले ८ जनाको अन्तिम सूची सार्वजनिक गरेपछि थप ३ जना प्रत्याशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन् ।

यससँगै अब रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?