© 2026
भरतपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।
मतदान प्रक्रियामा पार्टी सभापति रवि लामिछानेदेखि प्रतिनिधिका रूपमा सहभागी विभिन्न मन्त्री तथा नेताहरूले मतदान गरेका छन् ।
गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान आज दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । निर्वाचनमा ३७९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन समितिका अनुसार अबको करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिनेछ ।
केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । त्यसका लागि पदाधिकारीका आकाङ्क्षीहरू महाधिवेशन स्थलमै रहेका छन् ।