ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

मुख्यमन्त्रीलाई एमालेको सुझाव : बर्दघाट–चन्द्रौटा समेटेर बृहत्तर बुटवल

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल, ७ माघ ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवललाई सबल आर्थिक केन्द्र सहितको बृहत्तर बुटवल निर्माण गर्नेगरी योजनावद्ध विकास गर्न ध्यानाकर्षण गराएकोछ ।

शनिबार मुख्यमन्त्री निबासमा बुटवलको विकासका लागि गर्नुपर्ने कामका विषय समेटेर ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले बर्दघाटदेखि चन्द्रौटासम्म सवल आर्थिक केन्द्रसहितको बृहत्तर बुटवल निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।

विस्थापित हुने जनताको वैकल्पिक व्यवस्था सहित तिनाउ दानव करिडोर निर्माणको काम संघीय सरकारसँगको सहकार्यमा सम्पन्न गर्नुपर्ने, बाढी, पहिरो, आगलागी तथा विविध कारणले विस्थापित भएका जनताहरुलाई स्थिापित गर्ने कामगर्न एमाले बुटवल उपमहानगर कमिटीले सुझाव दिएको छ ।

त्यस्तै एमाले नेतृत्वको सरकारले अगाडि बढाएको बुटवल चक्रपथ, जितगढी किल्लाको गुरुयोजना, जीतगढी (बटौली) युद्ध संग्रहालय, आधुनिक बधशाला, ढुवानीग्राम, बैठौलिया कपरकट्टी ताल, नरेनापुर धाम, थारु सांस्कृतिक ग्राम तथा संग्रहालय, खुलामञ्च निर्माण तथा हिलपार्कमा बिग बुद्ध निर्माण लगायतका योजनाहरु सम्पन्न गर्न आवश्यक काम गर्नुपर्ने सुझाव पनि नगर कमिटीले दिएको छ ।

बुटवलमा रहेका मणिमुकुन्द सेन पार्क, रामपिथेकस पार्क, लक्ष्मीपार्क, जेबी पार्क, इको टुरिजम पार्क, विभूतिपार्क, मिलन पार्क, पाणिनी पार्क, जुलोजिकल पार्क, हरियाली पार्क लगायतका पार्कहरुको गुरुयोजना अनुरुप बाँकी रहेका कामहरु सम्पन्न गर्न, सामुदायिक वनहरुमा निर्माण भएका पर्यापर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउन, लुम्बिनी स्पोर्टस् कम्प्लेक्स निर्माण, उजिरसिह जवई फुटबल रंगशाला निर्माणलगायतका खेलकुदका संरचनाहरु निर्माण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउन, पुरानो बटौलीबजार क्षेत्रलाई सम्पदा वस्तीको रुपमा विकास गर्न ज्ञापनपत्रमा सुझाव दिइएको छ ।

त्यस्तै मैैनाबगर अटो भिलेजको आधुनिकीकरण गर्नुपर्ने, बुटवलको बस टर्मिनललाई आधुनिक सिटी टर्मिनलमा स्तरोन्नती गर्दै बुटवल औद्योगिक क्षेत्रको पूर्वतर्फ आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गर्नुपर्ने, संघीय सरकारसंगको सहकार्यमा सैनामैनामा निर्माणधिन बुटवल–सैनामैना–कञ्चन फोहोरमैला प्रशोधन केन्द्र, कर्साघाटमा निर्माण हुने भनिएको बहृत कृषिउपज केन्द्र लगायतका आयोजनाहरु अगाडि बढाउनु पर्ने, मोतिपुर औद्योगिक करिडोर निर्माणको कामलाई शुरु गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किशन ज्ञवालीले बुझाएको ध्यानाकर्षणपत्रपछि बोल्दै मुख्यमन्त्री गिरीले साझा पहल र छलफलको माध्यमबाट अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलाई आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि राज्यका तीनै तहसँगको सहकार्यसँगै नीजि क्षेत्रसँग पनि मिलेर अघि बढ्ने उनले उल्लेख गरे । यहाँको आर्थिक बिकास सम्भावनाहरुको बारेमा आवश्यक छलफल तथा अनुसन्धानहरुबाट प्राप्त निश्कर्ष अनुसार अघि बढ्न तयार रहेको उनले बताए ।

त्यस अवसरमा सुझाव राख्दै एमाले युवा नेता गोपाल रानाले बुटवलको निर्माणाधीन सडकले काममा तीब्रता पाउनुको साटो उल्टै ती सडकहरुमा अनावश्यक बस्तु तथा संरचनाहरु राखेर यात्रु र यहाँका व्यवसायीहरुलाई सास्ती थप्ने काम भएकोमा गुनासो गरे । सडक निर्माण समयमा हुन नसकेको अवस्थामा ती सडकहरुमा राखिएका अनावश्यक संरचनाहरुले यात्रालाई थप जोखिम बनाएको बताउँदै उनले ती समस्याहरुको तत्काल समाधानका लागि आवश्यक निर्देशन दिन आग्रह गरे । यसैगरी बुटवललाई आर्थिक केन्द्र बनाउन पर्यटन नै सबैभन्दा उत्तम विकल्प भएको बताउँदै उनले त्यस अनुरुपको बिकास योजना ल्याउन सुझाव दिए । यहाँ उद्योगी व्यवसायीहरुले खुलेर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुका साथै राज्यको तर्फबाट निर्माण गर्नुपर्ने सम्पूर्ण भौतिक संरचनाहरुको निर्माणमा पहल गरिदिनका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।

नेता रानाले बुटवलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकूद प्रतियोगिताहरु आयोजना गर्नका लागि ठाउँ अभाव भएको गुनासो गर्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरे । इनडोर तथा आउट डोरका विभिन्न प्रतियोगिताहरु एउटै ग्राममा खेलाउन मिल्नेगरी ठाउँको पहिचान गरी संरचना निर्माणमा उनले जोड दिए । बुटवलमा देविनगरमा रहेको एकमात्र मैदान अब प्रयाप्त नहुँने बताउँदै उनले आधुनिक शैलीका गुणस्तरीय फराकिला खेल ग्राम स्थापनमा हुन आवश्यक रहेको बताए । भैरहवामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय हवाई मैदान, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत यी ठूला परियोजना सञ्चालनका लागि बुटवलमा अब सोही अनुसारको बिकास योजनासहित संरचना निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे ।

ध्यानाकर्षणपत्रमा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने, तिनाउपुलमा संघीय सरकारसंगको समन्वयमा सिग्नेचर पुल निर्माण कार्यलाई तत्काल अगाडि बढाउनुपर्ने, निजीक्षेत्रसंगको समन्वय र सहकार्यमा बुटवलमा रात्रिकालिन बजार सञ्चालनमा ल्याउनुपर्नेमा पनि जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?