Butwal Today

मेरो राष्ट्रियतामाथि कसैले शङ्का गर्नुपर्दैन : बालेन्द्र शाह

७ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो आग्रह गरेका हुन् । नेपालको सीमासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर उत्पन्न विवादप्रति संकेत गर्दै उनले आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाउन आवश्यक नरहेको बताए ।

“मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन,” उनले भने ।

शाहले नेपालको सीमासम्बन्धी विषयमा प्रमाण खोज्ने क्रममा सम्बन्धित स्थानसम्म पुग्नुपर्ने कुरा मात्र आफूले गरेको स्पष्ट पारे । उनले सीमाका विषयमा तथ्य र प्रमाणका आधारमा छलफल हुनुपर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?